दफा १३०
इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने

(१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भएपनि इजाजत पत्रको शर्त तथा बन्देज विपरीत हुनेगरी हातहतियार तथा खरखजानाको कारोबार गर्न हुँदैन।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने,बिक्री गर्ने, ओसार पसार गर्ने, स्वामित्व प्राप्त गर्ने, हस्तान्तरण गर्ने, सञ्चय वा सङ्कलन गर्ने, भण्डारणगर्ने, निकासी वा पैठारी गर्ने काम सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।